ब्लाष्टखबर । राष्ट्रपती विद्यादेवी भण्डारी प्रति दिएको अभिव्यक्तिका बारेमा सोधपुछकालागी बोलाउँदा पनि नगएपछि प्रहरीले प्रचण्ड–माधव समुहका नेत्री रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको छ ।
गोरखामा आयोजित एक कार्यक्रममा झाक्रीले राष्ट्रपती प्रति लक्षित गरी गरेको टिप्पणी सर्वत्र विरोध भएपछि प्रहरीले उनकालाई साधपुछका लागी बोलाएको थियोे । तर झाक्रीले भने राजनैतिक विषय भएकोले पक्राउ पर्जी लिएर आउन भन्दै प्रहरीकोमा जान अस्वीकार गरेकिथिइन् ।
झाँक्रीलाई पक्राउ गर्न महानगरीय प्रहरी महाशाखाको टोली उनको निवासमा पुगेको छ । प्रहरी उनको निवासमा पुगेसगै प्रचण्ड–माधव समुहका कार्याकर्ताहरुले भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् ।