नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रम ओलीलाई आह्वान गरे ।
बुधबार भृकुटी मण्डपमा संविधान विघटनको विरोधमा गरिएको सभामा प्रचण्डले ५ लाख मानिस सहभागी भएको सूचना आएको बताए । प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’
मुलुकमा लोकतन्त्रको हत्या भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न चाहेको बताए ।