नेकपा प्रचण्ड– माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले  ऋषि धमलाले नेकपा माधव– प्रचण्ड समूहद्वारा भृकुटी मण्डपमा जारी प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित सभामै अर्को कार्यक्रम गरिरहेको आरोप लगाए । 
‘ ऋषिजीले टेलिभिजनमा चाहिं राम्रै कार्यक्रम गर्नुहुन्थ्यो, यहाँ अर्को कार्यक्रम नथाल्नुस’ मन्चबाटै बोल्ने क्रममा प्रवक्ता श्रेष्ठले भने, ‘यो कार्यक्रम सकिएपछि अर्को कार्यक्रम गर्नुहोला, ऋषि धमला जी चुप लाग्नुस् ।’
नेकपा माधव– प्रचण्ड समूहद्वारा भृकुटी मण्डपमा जारी प्रतिनिधि सभा विघटनको विरोधमा  आयोजित  सभा अघि होहल्ला भएपछि नेता श्रेष्ठले पत्रकार ऋषि धमलालाई इंकित गर्दै चुप लाग्न बारम्बार आग्रह गरे । 
                    
        
                                        
                                                                                                
        































