नेकपा माधव– प्रचण्ड समूहका नेता जनार्दन शर्माले केपी ओली उदयको समीक्षा हुनुपर्ने बताए । 
नेकपा माधव– प्रचण्ड समूहद्वारा भृकुटी मण्डपमा जारी प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित सभामा शर्माले सीमित व्यक्तिलाई असीमित अधिकार प्रदान गर्दाको नियति आजको राजनीतिक परिघटना भएको बताए ।
उनले राजनीतिक दलले यो घटनालाई समीक्षा नगर्ने हो भने भोलिका दिनमा महेन्द्रलगायतको जन्म हुने बताए । उनले आफू यो राजनीतिक अवस्थालाई समीक्षा गर्न तयार रहेको बताए ।
                    
        
                                        
                                                                                                
        































