प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सरकारी निकाय सरकारको लाचार छायाँ नभएको बताएका छन् ।
संवैधानिक र कानुनी निकायलाई सरकारले कहिले पनि हस्तक्षेप नगर्ने प्रधानमन्त्रीले बताए । ‘अख्तियार लाचार छायाँ होइन, सरकार हस्तक्षेप गर्दैन,’ प्रम ओलीले भने, ‘संविधान र कानुन देश र जनतालाई शीरमा राखेर काम गर्नुपर्छ, यसो गर्नुस् उसो गर्नुस् भन्ने हुँदैन, स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले दबाव, धम्की, त्रास, टाउकोको माया छ कि छैन भनेर धम्की दिनेको अर्थ नहुने बताए । ‘त्रास फैलाउन खोज्ने तत्वले क्षति पु¥याउँदैन, तर्साउने मात्र हुन्’ प्रम ओलीले भने, ‘बुख्याँचा जस्तो तर्साउनेको केही अर्थ हुँदैन, सरकार र सरकारी निकाय निडर भएर दृढतापूर्वक जनताको काममा लाग्नुपर्छ, सरकारले सुरक्षा प्रदान गर्छ ।’
































