प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशको छवि उजिल्याउने कुरामा सफल बन्नु पर्ने बताएका छन् । 

अख्तियारले कानूनको निष्पक्ष कार्यान्वयनमा ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीले बताए । अख्तियार त्रास नभर संरक्षणको थलो हो भन्ने कुरामा आम नागरिक विश्वस्त हुनुपर्ने बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले राज्यको ढिकुटी, सार्वजनिक सम्पत्ति, राज्य र देशलाई नोक्सानमा पारेर व्यक्तिगत ढिकुटी भर्न कसैले नपाओस् भन्ने उद्देश्य हुनुपर्ने बताए । 

प्रम ओलीले राज्यका सबै निकाय इमान्दारिताका साथ क्रियाशील हुनुपर्ने बताए । 

‘सबै निकाय क्रियाशील नहुन पनि सक्छन् त्यसको खोज अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना भएको हो,’ प्रम ओलीले भने, ‘भ्रष्टाचार नियन्त्रणको प्रयासमा आयोग प्रभावकारी ढंगले प्रस्तुत भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले कहिले काहीं अख्तियार भ्रष्टाचार नियन्त्रण गर्ने  भन्दा पनि आम जनमानस र ब्युरोक्रेसीमा आएको देखिएकाले संवैधानिक उत्तरदायित्व अनुसार अघि बढ्नुपर्ने र कानुनको नजरमा दृढतापूर्वक उभिनुपर्ने बताए ।