विजयपुर । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलकुमार थापाले केपी ओली नेतृत्वको सरकारले देशमा सुसासन कायम गर्न नसकेको बताएका छन् ।
आज आइतबार धरानमा स्कुल अफ डेमोक्रेसी नेपाल सुनसरीको पदस्थापन कार्यक्रममा बोल्दै उनले ओली सरकारकै पालामा सबैभन्दा बढि बलात्कारका घट्ना भएपनि अधिकांशले न्याय नपाएको बताए । सरकारले सुशासन कायम गर्न नसक्दा ३ हजार भन्दा बढी महिला बलाकृत हुनुपरेको थापाले दाबी गरे । उनले ओली सरकार बलात्कारसँगै भ्रष्टचारमा पनि चुर्लम्म डुबेको आरोप लगाए । उनले आफुपनि संविधान बनाउने एक सदस्य भएकाले संविधानको कुनै पनि धाराले यो अवस्थामा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको बताए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनबहादुर विश्वकर्माले केपी ओलीले प्रधानमन्त्री बनेकै दिन संविधान मिचेको बताए । उनले कांग्रेस दोस्रो ठुलो पार्टी भएकाले असंवैधानिक कदम विरुद्धमा मात्रै नभएर राष्ट्र जोगाउने जिम्मा आएकाले तत्काल प्रचण्ड माधवसँग हाल मिलाएर आन्दोलनमा नगरेको बताए । उनले प्रचण्ड–माधव र ओली कुनै राजनीतिक दलसँग पनि नलागि संसद पुनस्र्थापना र राष्ट्रको संकट टार्न पार्टी लाग्ने बताए । विघटित प्रतिनिधिसभा सदस्य मिना सुब्बाले नेकपाका नाता, गोता, पदमा रहेर चरम भ्रष्टाचार गरेको दाबी गरिन् । उनले भनिन् ‘विषम परिस्थितिमा जनतालाई राहत दिनुपर्ने तर, कोभिड विरुद्धको स्वास्थ्य सामग्री खरिद गर्दा चरम भ्रष्टाचार भयो ।’ उनले त्यो छानविन समितिमा आफुपनि रहेको भन्दै अनियमिता भेटिएपछि प्रतिवेदन अख्तियारमा पठाएको बताईन् ।
स्कुल अफ डेमोक्रेसी नेपालका अध्यक्षले नैन सिंह महरले संविधान कांग्रेसकै नेतृत्वमा बनेको हुनाले संविधानको रक्षा पनि कांग्रेसले नै गर्नुपर्ने बताए । स्कुल अफ डेमोक्रेसी नेपाल सुनसरीमा ६ महिना अगाडी दोर्ची शेर्पाको अध्यक्षतामा २१ सदस्य समिति गठन भएको थियो । समितिको उपाध्यक्षमा सन्तोष पुरी, सचिवमा रुद्र भट्टराई, सहसचिवमा सौदामर शाह र कोषाध्यक्षमा नीरु गुरुङ रहेका छन् । पदस्थापन कार्यक्रममा धरान उपमहानगर प्रमुख तिलक राईका प्रेस संयोजक पारस राईलाई सम्मान पनि डेमोक्रसी नेपालका प्रदेश नं.–१ अध्यक्ष बिशाल श्रेष्ठले जानकारी दिए ।