धरान । किरात खम्बुवान साझा पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । 

पार्टीका केन्द्रीय अध्यक्ष भुपी कोयीको अध्यक्षतामा भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । पार्टीले देशमा विकसित राजनीतिक घटनाक्रमलाई मध्येनजर गर्दै केन्द्रीय नेताहरुलाई संगठन निर्माणमा परिचालन गरेको अध्यक्ष कोयीले जानकारी दिए ।

बैठकमा राजनीतिक प्रतिवेदन र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । पार्टीले आगामी दिनमा विकसित राजनीतिक घटनाक्रममा विश्लेषण गर्दै रणनीति तयार गर्ने अध्यक्ष कोयीले बताए ।