१ नम्बर प्रदेश सभाको बैठक २ मिनेट बसेर स्थगित भएको छ ।
१८ दिनपछि बोलाइएको बैठकमा नेकपा ओली समूहले सूचना टाँस गरेर स्थगित गर्नुपर्ने पक्षमा थियो भने प्रचण्ड माधव समूह अविश्वासको प्रस्ताव टेबल गर्ने पक्षमा थियो ।
प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिको ४ घण्टासम्म बसेको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची तय गरेको थियो ।
नेकपा पक्षबाटै सदन अवरुद्ध भएपछि बैठक स्थगित भएको छ । आधिकारिक रुपमा नेकपा विभाजन भइनसकेको अवस्थामा १६ जना सांसदलाई विधानतः कारबाही गरेकाले उनीहरुको निलम्बन फुकुवा नहुन्जेल सदनमा उपस्थित हुन नसक्ने नेकपाका प्रमुख सचेतक बुद्धिराज भण्डारी सदनमा कुरा उठाएका थिए ।
नेकपा सांसद लिलम बस्नेतका अनुसार संसद् बैठक आगामी ९ गते आइतबार बस्ने छ।
- फाइल तस्बिर