संसदीय व्यवस्थाको इतिहासमै प्रदेश १ सरकार उल्टो  गतिमा बहिरहेको प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजीव कोइरालाले आरोप लगाएका छन् । 

‘सरकारले  नै प्रदेश सभा चल्न दिइरहेको छैन, सदन त प्रतीपक्षले  पो रोक्ने हो त चित्त नबुझेमा यहाँ त सरकार उल्टो गतिमा गइरहेको छ,’ प्रतिपक्षी दलका नेता राजीव कोइरालाले भने, ‘अब घण्टी बजेको जस्तो छ, आज अविस्वासको प्रस्ताव  टेबल हुन्छ, त्यसपछि कांग्रेसले के गर्छ भन्ने  तय हुन्छ ।’ 

नेता कोइरालाले सरकार डराइरहेको आरोप लगाए ।