माघ ७ मा तीन मिनेट चलेर शुरु हिउँदे अधिवेशन त्यसपछि एकैचोटी आज आइतबार बस्न लागेको छ ।

आज प्रदेश सभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाको प्रचण्ड माधव खेमाले दर्ता गरेको अविश्वासको प्रस्ताव टेबल होला ? निर्धारित समयभन्दा निकै ढिला भइरहेको  प्रदेश सभा आज बस्ला ? 

१ नम्बर प्रदेश सभाको आज आइतबार दुई बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन ।

११ बजेदेखि जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका दुई समूहको कुरा नमिल्दा बैठक ढिलाइ भइरहेको छ ।

मुख्यमन्त्री शेरधन राईविरूद्ध उनकै दलका बहुमत सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव टेबल हुने भनिएको आजको बैठक कतिबेला सुरु हुन्छ भन्ने यकिन छैन ।

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा एक दिन समय माग गरेका छन् । तर, अर्को पक्षले गत ७ गते संसद बैठक स्थगित भएसँगै आजसम्म सरकारको तर्फबाट कुनै छलफल नचलाएको भन्दै बैठक सुरु हुनुपर्ने माग गरेको थियो । दुवै पक्ष आ–आफ्ना अडानमा रहेका कारण कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुनै सहमति हुन नसकेको हो ।

‘सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सहमतिका लागि १ दिनको समय माग गर्नुभयो,’ बैठकका बारेमा जानकारी दिँदै पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भने, ‘यत्रो समय सहमतिका लागि कुनै पहल नगर्ने अनि एक दिनको लागि बैठक स्थगित गर्नुपर्ने मागको कुनै औचित्य नभएको कारण हामीले अस्वीकार ग¥यौं, अब कार्यव्यवस्था परामर्श समितिमा सहमति भए पनि नभएपनि सभामुखले दलहरुको सुझावको आधारमा बैठक राख्नुपर्छ भन्ने हाम्रो माग छ ।’

कार्यव्यवस्था बैठकमा मुख्यमन्त्री शेरधन राई पक्षले आफूले निलम्बन सिफारिस गरेका १६ सांसदलाई प्रवेश दिन नहुने अडान लिइरहेको छ । अर्को पक्ष भने अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको बताइरहेको छ ।