धरानको शैक्षिक जगतमा एउटा नयाँ आयाम र विशेषता बोकेर स्थापित शैक्षिक संस्था हो प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट । यो शैक्षिक संस्था वि.सं. २०७५ सालमा स्थापना भएको हो । शिक्षा क्षेत्रमा अनुभवी प्राज्ञिक र प्राविधिक युवाहरुको समूहले स्थापना गरेको यो शैक्षिक संस्था सूचना, प्रविधि सञ्चारमैत्री संस्थाका रुपमा स्थापित छ ।

छोटो समय तर प्रभावकारी शैक्षिक व्यवस्थापनका कारण धरानमा अभिभावक र विद्यार्थीहरुको आकर्षण र रोजाइमा परेको छ यो प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट ।

स्मार्ट एजुकेसन सिस्टम, एक्स्ट्रा कोकरिकुलर एक्टिभिटिज, ट्रिपल सर्टिफिकेशन, सिटीईभिटीबाट सम्बन्धन प्राप्त होटल म्यानेजमेन्टको अध्यापन, राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को स्वीकृति र युकेको अस्क्विअल बाट डिप्लोमा एण्ड होटल म्यानेजमेन्टको सम्बन्धन । होटल म्यानेजमेन्टमा लेभल थ्री र लेभल फोरका कक्षाहरु सञ्चालन भइरहेको छ ।

धरानका विभिन्न स्थापित होटलहरुमा प्रयोगात्मक कक्षा, होटल व्यवस्थापन अध्ययनमा आफ्नै स्रोत भएको यो प्राइमभिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका विद्यार्थीहरु आफैैंले फुड फेस्टिभलको आयोजना गरिरहेका छन् । यसै सन्दर्भमा शैक्षिक संस्थाले हाल गरिरहेको शैक्षणिक अभ्यास र विविध विषयमा हामीले प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको कोअर्डिनेटर अनिल श्रेष्ठसँग कुराकानी गरेका छौं ।

प्रस्तुत छ ब्लाष्ट अनलाइन टिभीको यो शृङ्खलामा शैक्षिक वार्तालाप