धरान । धरानको प्राइम भिजन इन्सिच्युट तथा होटल मेनेजमेन्टले साउन १ गतेदेखि फेसबुकमा कक्षा ११ का विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क अनलाइन कक्षा दिने भएको छ ।

प्राइमले व्यवस्थापन संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै अनलाइन कक्षा दिन लागेको हो । यो कक्षा प्राइमको आधिकारिक फेसबुक पेजमार्फत पढाइ हुने कोअर्डिनेटर अनिल श्रेष्ठले बताए । जसमा विद्यार्थीहरूले नबुझेका कुराहरू पनि तत्कालै शिक्षकले जवाफ दिने गरीको व्यवस्था गरिएको छ ।

फेसबुकमा पढाइ भएका कुरालाई प्राइमको आधिकारिक युट्युबमा प्रशारण गरिने भएको छ । कक्षा ११ मा अध्ययन गर्न चाहने जुनसुकै स्कुल, कलेजका विद्यार्थी पनि सहभागी हुन पाउने भएका छन् । ‘हाम्रै कलेजमा पढ्न आउनुपर्छ भन्ने बाध्यकारी नियम छैन, खाली समयलाई सदुपयोग होस् भन्ने उद्देश्य हो’ श्रेष्ठले भने । साताको ६ दिन पढाइ गरिन लागिएको अनलाइन कक्षामा शुक्रबार भने होटल मेनेजमेन्टको पढाइ हुने छ । दैनिक ११ बजेदेखि १२ बजेसम्म पढाइ गरिन लागिएको होटल मेनेजमेन्ट एवम् प्रभात स्कुलका प्रिन्सिपल सुमिर मास्केले बताए ।

स्लाइडमार्फत पेपरलेस अध्यापन हुनेछ । ‘एकाउन्टको पेपरलेस अध्यापन मुस्किल होला, अन्यलाई हामी पेपरलेस नै गर्ने तयारीमा छौं’–प्रिन्सिपल मास्केले भने । फेसबुक र युट्युबमा अधिकांश विद्यार्थीहरूको पहुँच हुने भएकाले पनि यस्तो खाल्को तयारी गरिएको हो ।