धरान / धरान १० स्थित प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टले सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै पहिलो वार्षिकोत्सव मनाएको छ ।

आज (सोमबार) धरान–१५ स्थित खोरिया बस्तीमा अवस्थित जनता आधारभूत विद्यालयका बालबालिकालाई कलम, अभ्यास पुस्तिकालगायतका शैक्षिक सामग्री वितरण गरेको छ । इन्स्टिच्युटका प्राचार्य सुमिर मास्केले विद्यालयका प्रधानाध्यापक काजीबहादुर लामालाई शैक्षिक सामग्री हस्तान्तरण गरे ।

PVIHM1

इन्स्टिच्युटका विद्यार्थी र शिक्षक र सञ्चालकहरूले विद्यालयमा उपस्थित बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेका थिए । औपचारिक कार्यक्रमको आयोजना गर्दै शैक्षिक सामग्री वितरण गरिएको समारोहमा विद्यालयका प्रधानाध्यापक लामाले इन्स्टिच्युटका सञ्चालक, शिक्षक र विद्यार्थीलाई स्वागत गरेका थिए । जनता आधारभूत विद्यालयमा ८० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको वर्षे बिदा चलिरहे पनि नजिकका बालबालिकालाई उपस्थित गराई कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक लामाले बताए ।

शैक्षिक सामग्री प्रदान गर्न आयोजित कार्यक्रममा इन्स्टिच्युटका अपरेशन म्यानेजर अविशेक श्रेष्ठ, सञ्चालक एलोन श्रेष्ठ, सुमन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सेभ द ह्युमानिटी नामक संस्थाको समेत सहयोग रहेको थियो ।

PVIHM2

धरानस्थित मुनालपथमा रहेको प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टले कक्षा ११ र १२ मा व्यवस्थापन सङ्काय सञ्चालन गरिरहेको छ । होटल म्यानेजमेन्टको लेभल ३ र ४ को प्रशिक्षण कक्षासमेत सञ्चालन गरिरहेको कोअर्डिनेटर अनिल श्रेष्ठले जानकारी दिए ।