ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मांशाहारी आन्दोलन आवश्यक छ भन्दै पुष्पकमल दाहालले अविव्यक्तिकाे आलोचना गरेका छन् । उनले प्रचण्ड–माधव समुहले हिजाे गरेकाे देश यापी हड्तालमा भएका घटनाहरूकाे प्रस्तुत गर्दै मांशाहारी भनेको ‘नरभक्षी’ आन्दोलन हो भनेर प्रश्नसमेत गरेका छन् ।
नारायणहिटी दरबारअगाडि आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नरभंक्षी आन्दोलन गर्ने समय नभएकाे बताउँदै अब नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने बताएका छन् ।
बन्दको नाममा गरिब जनताको सम्पत्तिमा नोक्सान भए सरकारले हेर्ने ओलीले बताउँदै प्रधानमन्त्री ओलीले भने ' गरिबको नोक्सान भएको कुरा सरकारले हेर्छ, गरिबलाई हेर्ने सरकार छ । गरिबलाई माया गर्ने सरकार छ । ' उनले बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्ताललाई ओलीले कथित नेपाल बन्दको संज्ञा दिएका छन् ।