ब्लाष्टखबर । प्रचण्ड–माधब समुहले चुनाव नगराउन निर्वाचन आयाेगलाई धम्की दिएकाे उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरलेले बताएका छन् ।

उनले पार्टी एकता गरीरहँदा जनता र नेकपाका कार्यकताहरूले साेचेअनुरूप देश अघि पढ्ने अपेक्षा गरिएकाे भएपनि त्यसलाई असफल बनाउने काेशिस भएकाे बताएका छन्  ।

उनले भने '' हामीले पार्टी एकता गरिरहँदा अव मुलुक जनताकाे चाहना अनुरूप अघि पढ्छ । कार्यकताहरूले साेचेअनुरूप मुलुक अघि बढ्छ । तर त्यसलाई असफल बनाउने काेिशस गरियाे  । हिजाे देखी नै  कसैकाे मृत्युमा  जिवन खाेज्ने प्रचण्ड प्रवृती हावी भाे । त्यसलाई सघाउन कुण्ठा र इर्स्यामा बाचेकाे अर्काे प्रवृतिकाे माधव नेपालले नेतृत्व गर्नु भाे । ति दुबैकाे गठबन्द भएर देशलाई पुन:  देशलाई अस्थिरता र अराजकतामा लाने काेशिश हुँदैछ । ''

देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको मन्त्री पोखरेलले बताउँदै त्याे प्रचण्ड–माधव समुहलाई त्याे स्विकार्य नभएकाेले निर्वाचन आयाेगमा गएर चुनाव नगराउन भन्दै धम्कि दिएकाे बताएका छन् ।  

प्रचण्ड–माधव पक्षले बिहीबार आयोजना गरेको नेपाल बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले व्यहोर्ने उपप्रधानमन्त्री पोखरेलले बताएका छन् ।