विजयपुर । नेकपाको प्रचण्ड–नेपाल समुहले गरेको नेपाल बन्दका क्रममा प्रदेश नं.–१ का विभिन्न जिल्लाबाट ९ जना पक्राउ परेका छन् । बन्दका क्रममा ८ वटा गाडी तोडफोड भएका छन् ।

मोरङ जिल्लाबाट छ जना बन्दकर्ता पक्राउ परेका छन् भने धरानबाट ३ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार इलाम, झापा, मोरङ र सुनसरीमा गरेर जम्मा ८ वटा गाडीमा बन्द कार्यकर्ताहरुले क्षति पु¥याएका छन् । 

सरकारले संवैधानिक निकायहरुमा नियुक्तिका लागि सिफारिस भएकाहरुलाई संसदीय सुनुवाई नगरि जर्बजस्ती सपथ ग्रहण गराएको विरोध गर्दैै नेकपाको प्रचण्ड–माधव समुहले आज नेपाल बन्द गरेको हो ।