नेकपा प्रचण्ड– माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाहको उपमा दिंदै उनको दिनगन्ती शुरु भएको बताएकी छन् ।

उनले नेकपाको प्रचण्ड माधव समूहले बिहीबार गरेको आन्दोलनलाई छोटो र अर्थपूर्ण आन्दोलन भएको बताएकी छन् । यो आन्दोलनलाई अझै प्रभावकारी बनाउन उनले आग्रह समेत गरेकी छन् । 

नेतृ झाँक्रीले ‘झाँक्री दिदी’ ह्याण्डलमार्फत् प्रधानमन्त्री उल्टोबाटो हिंडेकाले छिटै ढल्ने लेखेकी छन् । ट्वीटरमा उनी लेख्छिन्ः

खड्कप्रसाद शर्मा ओली तानाशाहको दिनगन्ति सुरु भएका छन । 

उल्टो बाटो  हिडेको तानाशाह गल्र्याम गुर्लुम छिटै ढल्ने छ । प्रतिगमन बिरुद्द उठौं र जागौं, एक धक्का अरु दिऔं । संबिधान र लोकतन्त्रको रक्षा लागि संसद पुनःस्थापना गर्न छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझै प्रभावकारी बनाऔं ।  

Twitsjhakri