पूर्व राजा ज्ञानेन्द्र शाहले जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई जीविका चलाउन धौधौ हुने बताएका छन् । 

बिहीबार जी शाह (ज्ञानेन्द्र शाह) हेन्डलबाट ट्वीट गर्दैै पूर्व राजा ज्ञानेन्द्र शाहले आमहड्तालमा उत्रेको नेकपाको प्रचण्ड– माधव समूहको बन्दप्रति लक्षित गर्दै ट्वीट गरेका हुन् । 

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको छ । हड्तालका कारण मुलुकका विभिन्न ठाउँमा झडप भएको छ भने सर्वसाधारणको दैनिकीमा प्रभाव परेको छ । 

पूर्व राजा शाहले लेखेका छन्ः सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडेटाल वा जन विरोधी कृयाकलापले । 

जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।