ब्लाष्टखबर । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)काे आधिकारिता दाबी पेश गर्न नेकपाका प्रचण्ड –माधव समुह निर्वाचन आयोगमा पुगेका छन् । समुहमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुकाे टाेली आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी पेश गरेका हुन् ।
यस अघि पार्टी प्रतिनिधि सभा विगठन गरेपछिय प्रधानमन्त्री केपी शर्मका ओलीलाई कारवाही गर्दै प्रचण्ड –माधव समुह अध्यक्ष पदबाट हटाएकाे थियाे । त्यस्तै, ओली समुहले केन्द्रीय कमिटिलाई विस्तार गरी निर्वाचन आयाेगमा अध्यावधिकका लागी पत्राचार गरेकाे थियाे आयाेगले दुबैपक्षकाे दाबीलाई अस्विकार गर्दै आएकाे छ ।