बराहक्षेत्र । प्रदेश १ सुनसरी दुहवी नगरपालिकामा पहिलो पल्ट  प्रथम  उपप्रमुख भलिबल प्रतियोगिता २०७७ मा बराहक्षेत्र नगरपालिकाले उपाधी संगै २५ हजार ट्रफि हात पारेको छ ।

बुधबार  भएको फाइनल खेलमा  बराहक्षेत्र नगरपालिका र दुहबी नगरपालिका बीच भएको खेलमा बराहक्षेत्र नगरपालिकाले सोझो तरिकाले ०–३ को अन्तरालमा अन्तिममा १७–२५ अंक अन्तरले  सरासर तीन  खेल उछिन्दै फाइनल जितेको बराहक्षेत्रको खेलकुद व्यवस्थापक तथा बराहक्षेत्र नपाका प्रशासन  कम्प्युटर अपरेटर  दुर्गा वस्नेतले बताए ।

यो जितले बाराहक्षेत्र नगरको शिर उच्च गरेको छ ।  अव हराहक्षेत्र नगरले महिला खेलडीहरुको लागी छुट्टै प्याकेज बनाएर राम्रो टिमको लागी थप तयारी गर्ने छ ।

यो जाडो मौसमा हामीले ततकाल खेलाडीहरुलाई ट्रायक सुट्को व्यवस्था गर्ने छौ र केही खर्च  दिने तयारीमा नि लागेका छौँ ।

यो कोरोनाले गर्दा धेरै कार्यक्रमहरु  गर्न नसकेका बाराहक्षेत्र नगर खेलकुद विकस समिती तथा वार्ड नम्बर ४ का अध्यक्ष  आशाराम चौधरीले बताए ।

हामीले यो जाडो मौसमको छोटो समयमा खेलाडीहरुलाइ विहान बेलुका अभ्यास गराउदै आएका थियो त्यसको फल स्वरु ०–३ को अन्तराल  सोझो तरिकाले लगातार तिनै म्याच जितेर प्रथम बन्न सफल भयो ।

उक्त प्रतियोगितामा सुनसरी भरिका १२ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहले सहभागी लिएको आयोजकले बताएको छ। 

बराहक्षेत्र  नगरपालिकाले  धरान उपमहानगरपालिका र ईटहरी उपमहानगरपालिका संगै दुहबी नगरपालिका लाई  समेत हराउदै बराहक्षेत्र नगरपालिका दुहबी उप प्रमुख भलिबल प्रतियोगिताको पहिलो बिजेता घोषित भएको बराहक्षेत्र महिला भलिबलका प्रशिक्षक प्रविक थापाले बताए ।

थापाले खेलाडीहरु खेलेर मेहनत मात्र गरेर नहुने बताए यति नगरले खेलाडीहरु माथि बजेट विनियोजन गरिथियो भने महिला खेलाडी साथीहरूले बराहक्षेत्रको नाम अझ उच्च राख्ने थियो ।

यो जितले केही खेलाडी मलाई हौसला प्रदान भएको छ । अब नगरले खेलाडी प्रति केही सोचि दिन्छ कि । हाम्रो नगरका महिला साथीहरूको परिवारीक अवस्था कमजोर छ ।

खेलाडीहरु अहिले स्कुल क्याम्पस पड्दै छ । बराहक्षेत्र नगरपालिका र स्कुलको सवनयमा खेलाडीहरुलाइ छुट र छात्रवृत्ति द्वारा छुट गरे देखि खेलाडीहरुमम हौसला बढेर जान्थियो हरेक खेलमा विजय हासिल गर्नेमा कुनै दुई मत नहुने प्रशिक्षक  थापाले बताए ।

बराहक्षेत्र नगरपालिकाले खेलको लागी गरेको अभ्यास कोच र खेलाडीहरुले गरेको मेहनत आज उत्कृष्ट प्रदर्शन गर्दै दुहबी उप प्रमुख भलिबल प्रतियोगिता २०७७ बिजेता बन्न सफल भएको छ ।

दुहबीको कमजोर पक्षलाई हाम्रो खेलाडीले औलाइ त्यसको भरपुर फाइदा लिएको छ । जस अन्तर गत बराह जितको नजिक पुगेको बराहक्षेत्र नपाको लेखा शाखा प्रमुख विरेन्द्र यादवले बताए ।

उक्त प्रतियोगिताको प्रथम बिजेता बराहक्षेत्र नगरपालिकाले नगद २५ हजार सहित ट्रफी मेडल प्रमाणपत्र हात पारो भने दोस्रो हुने आयोजक टिम दुहबी नगरपालिकाले  १५ हजार सहित प्रमाणपत्र ट्रफी मेडलमा जित बुझाउन पर्यो ।

नगर प्रमुख साथै कार्यक्रमका प्रमुख अथिती देब नारायण गच्छदार दुहबी नगरपालिका उप प्रमुख सुनिता दाहाल ९साह० ले विजेताहरुलाई पुरुषकार वितरण गरेको खेलकुद व्यवस्थापन तथा दुहबी नपा कार्यक्रम संयोजक गौरी चौधरीले बताए । 

दुहबी तरेफ उतकृष्ट खेलमा  डिफेन्स सुचता राई, स्पाकर मिन्दु चौधरी, लिब्रो खेलाडी सुजता राई घोसित भए भने बराहक्षेत्र तर्फ  उतकृष्ट खेलाडी ममता राई, बेस्ट सटर उमा राई घोसित दुहबीका मेयर गच्छदारले ट्रफी प्रदान गरिएको थियो ।

राष्ट्रिय प्रादेशिक रेफ्रि सुरज लुइँटेल, प्रकाश चौधरीले खेल खेलाएको थियो इम्पायरलाई प्रवेश माझी र आकाश कुमार हलुवाइले साथ दिएको दुहबीका खेलकुद संयोजक चौधरीले बताए ।