पथरी।  मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित शरणार्थी’ फुटबल च्यालेन्जकपको शनिबार भएको खेलमा दुधे फुट्बल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिन्ध्यावासिनी फुटबल क्लब विराटनगरलाई सडन डेथमा हराउँर्दै दुधे फुट्बल क्लव सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरीमा खेल टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बरबरी भएपछि खेलको छिनोफानो सडन डेथ मार्फत भएको थियो ।

दुवै टिमले पहिलो हाफमागोल रहित बराबरी खेले । खेलको ४३ औँ मिनेटमा बिराटनगरका आशिस चौधरीले गरेको उत्कृष्ट प्रहारले जाली चुमेको थियो । त्यसैगरी खेलको ६६ औँ मिनेटमा दुधेकका सनम राईले उत्कृष्ट गोल गरेर टिमलाई बराबरी बनाएको थियो ।

सडन डेथमा बिराटनरका अशोक खवासले गरेको गोलले जाली चुम्न नसेन । यता दुधेका गोल रक्षक सन्दिप लिम्बुले गरेको प्रहारले जाली चुमेपछि नतिजा हासिल गरेको थियो ।

आजको खेलको म्यान अफ दि म्याच दुधेका सनम राई घोषित हुर्दै राईले २ हजार ५ सय रुपैया र मेडल प्राप्त गरेका थिए । आइतबारको खेल आयोजक ए टिम र टेन नवोदय बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उपविजेता टिमले ५१ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल आयोजक समितिले जनाएको छ ।

टेन नवोदय सेमिफाइनल प्रवेश

शुक्रबारको खेलमा धरान सिटि फुटबल एकेडेमीलाई शुन्यको विरुद्ध १ गोलगर्दै टेन नवोदयले सेमिफाइनलमा प्रवेश गरेको छ । टेन नवोदयका दिपक बान्तवा राईले खेलको १२ औँ मिनेटमा फ्रिकिकमा र्फत उत्कृष्ट गोल गरेको गोल नै निर्णाय बनेको थियो । खेलको म्यानअफ द म्याच टेन नवोदयका दिपक बान्तवा राई घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका थिए ।