विराटनगर । नेपाल चिकित्सक संघ कोशी विराटनगरको अध्यक्षमा डा. फरवार्ड सिलवाल पुनः निर्वाचित भएका छन् ।

सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सोमबार राती सार्वजानिक भएको निर्वाचनको मत परिमाण अनुसार सिलवालले प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गरेका छन् । संघमा श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र एक जना सदस्य गरि तीन जना पदाधिकारी बाहेक सबै पदमा सिलवालको समूह निर्वाचित भएका छन् । 

संघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहबाट डा. संन्जिब कुमार ठाकुरले ३ सय १८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी डा. नविन कर्णले ३ सय २ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा डा. बालकृष्ण साहलाई २५ मत अन्तरले हराउँदै डा. यज्ञराज खरेल निर्वाचित भएका छन् । खरेलले ३ सय २२ मत प्राप्त गर्दा साहले २ सय ९७ मत ल्याए ।

महासचिबमा डा. राजेन्द्र चौधरी निर्वाचित भए । चौधरीले ३ सय ५१ मत ल्याएर बिजयी हुदाँ डा. रविराज सिंहले २ सय ७५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा डा. सुधिर श्रेष्ठले ३ सय १० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी  सिलवन्त सेन श्रीवास्तवे ३ सय ६ मत ल्याए । सहकोषाध्यक्षमा डा. जुबिन सिलवालले ३ सय ८० मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी डा. सरवेस कुमार झाले २ सय ४८ मत प्राप्त गरेका छन् । सहसचिबमा सुनिल रेग्मीले ३ सय ६८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी डा. धिरज सिंहले २ सय ५९ मत ल्याए । 

सदस्यहरूमा डा.रोशन खड्का ३ सय १७, डा. अमर कुमार यादवल ३ सय २५, डा. अरबेन्द्रकुमार महतोले ३ सय २५,  डा. अन्जु देवले ३ सय ९३, डा. पार्थ गुरागाईले ३ सय १८ र पे्ररणा दाहालले ३ सय ५० मत ल्याएर निर्वाचित भएका छन् ।