धनकुटा । पुर्वि पहाडमा वौद्ध लामा गुरुहरुको अभावलाई परिपुर्ति गर्ने उदेश्यले धनकुटा नगरपािलका वडा नं.९ वेलहरामा वौद्ध शिक्षा पाठशाला (गुम्वा) शिलान्यास गरिएको छ । 

वौद्ध शिक्षा पाठशालाको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एक समारोहको विच वुधवार शिलान्यास गरेका छन् । हिमालय ह्रिन्छेन छ्योलिङ्ग गुम्वा धरानका प्रमुख लामा गुरु तेन्जिङ्ग लामाको प्रमुख आतित्थ्यमा सम्पन्न वौद्ध शिक्षा पाठशाला शिलान्यास समारोहमा धनपा–९ का वडाध्यक्ष सन्दिप रायमाझी, नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका अध्यक्ष कुलवहादुर तितुङ तामाङ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाका अध्यक्ष सन्तवीर लामा, नगर घेदुसदस्य पालाङ्ग दोर्जे लामा लगायतको सहभागीता रहेको थियो । 

शिलान्यास समारोहलाई सम्वोधन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नेपाल वहुधार्मिक, वहुसाँस्कृतिक मुलुक भएकाले सवै खाले धर्मसप्रदायले फुल्न, फल्न पाउनु पर्नेमा जोड दिए । उनले धनकुटा नगरपालिकाको वडा नं.९ वेलहरामा यति धेरै वौद्धमार्गी तामाङ समुदाय हुनुहुन्छ होला भन्ने आफूलाई नलागेको प्रतिक्रिया दिए । वेलहरामा मिश्रित समुदायको विचमा तामाङ समुदाय पनि यहाँ अघि वढिरहेको पाउँदा आफुलाई खुशि लागेको प्रमुख तामाङले वताए । उनले गुम्वा पाठशाला निर्माणको लागी धनकुटा नगरपालिकाले सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । हाल संचालनमा रहेको वौद्ध शिक्षा पाठशाला प्लाष्टिकको तम्वु ओढाएर काम चलाएको भन्दै तत्काल नगरपालिकाले कति च्यादर लाग्छ ? उपलव्ध गराई दिने प्रतिवद्धता प्रमुख तामाङ प्रतिवद्धता जनाए । 

त्यसैगरी धनपा–वडा नं.९ का वडाध्यक्ष सन्दिप रायमाझीले वौद्ध शिक्षा पाठशाला (गुम्वा) निर्माणको लागी वडा कार्यालयले शुरु देखी नै सहयोग गर्दै आएको प्रतिक्रिया दिए । उनले आगामी दिनमा पनि वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । सो अवसरमा वौद्ध धर्मका लामा खेन रेम्वोर्छे तेन्जिङ्ग लामाले वौद्ध शिक्षा पाठशाला शिलान्यास कार्यक्रममा सालाङ्ग मोलमपाठ गरेका थिए । साथै, प्रमुख लामा गुरु खेन रेम्वोर्छेले सहभागी श्रद्धालु झजनहरुलाई वङ्ग आशिर्वाद समेत प्रदान गरेका थिए । 

वौद्ध शिक्षा पाठशाला (गुम्वा) व्यावस्थापन समितिका प्रमुख व्यवस्थापक थुक्का लामाका अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा ताम्वा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान, नेपाल तामाङ महिला घेदुङ धरान १६ नं. वडा ईकाइका अध्यक्ष पञ्चमाया तामाङ,  वेलहरा प्रहरी चौकीका इन्चार्ज डोमी शाहा, गैयाथान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भगतमान राई, च्यानडाँडा तोफा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्याम राई लगायतको उपस्थिति रहेको थियो ।