इटहरी । इटहरी १९ तरहरामा भएको कडकनाथ भाले (कालो कुखुरा)ब्याडमिन्टन प्रतियोगीतामा दिपक राई र बलबहादुर राईको टिम विजयी भएका छन । 

शारिरीक व्यायम गरौ स्वास्थ्य बनौ भन्ने मुल नारा सहित स्थानीय अगुवाहरुले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगीतामा दिपक र बलबहादुरको टोली  प्रथम भएका हुन । भारतिय भूपू शैनिक सुवेदार मेजर हनेरी क्याप्टेन पदम बहादुर राईको टिमलाई पराजित गर्दै दिपक र बलबहादुरको टिम विजयी भएको हो ।

मङ्लबार भएको प्रतियोगितामा ८ टिमले सहभागीता जनाएका थिए । आफ्नै टोलमा रमाईलोको लागि गरेको प्रतियोगिता उत्कृष्ट भएको भारतिय भूपू शैनिक सुवेदार मेजर हनेरी क्याप्टेन दिलप्रसाद राईले बताए । उनले भने ब्याडमिन्टन खेलेर स्वास्थ्य बनौ भन्ने हाम्रो उदेश्य हो । 

कार्यक्रमका प्रमुख अतिथि तथा व्याडमिन्टन खेलाडी नेपाली काँग्रेस सुनसरीका सह–सचिब नगेशचन्द्र राईले स्वास्थ्यको हिसावले ब्याडमिन्टन खेल उत्कृष्ट भएको बताए । अहिले ब्याडमिन्टन खेलको क्र्रेज सबै तिर बढ्दै गएको उनको भनाई थियो । 

विजयी खेलाडीलाई सयुक्त भूपू शैनिक एंव प्रहरी कल्याणकारी महासंघ नेपालका प्रदेश एकको प्रमुख के के राईले दोसल्ला र मेडल दिएर सम्मान गरेका थिए । 

नेपालमा ब्याडमिन्टन खेलको क्रेज विस्तारै बढ्दै गएको छ। ब्याडमिन्टनमा युवा खेलाडीको आकर्षण पनि उत्तिकै बढ्दै गएको बताउँछन पूर्व भारतिय सेना तथा स्थानीय समाजसेवि जयबहादुर खड्का । ब्याडमिन्टन युवादेखि पाका उमेरका खेलाडीले समेत खेल्न सक्ने भएकोले यो खेललाई प्रथामिकता दिनु पर्ने उनी बताउँछन ।