विजयपुर/सञ्जीवनी पुनस्र्थापना केन्द्रको आयोजनामा बिहीबारबाट प्रथम खुला सञ्जीवनी फुटसल प्रतियोगिता सुरु भएको छ । 

धरान–१० स्थित धरान फुटसलमा सुरु भएको प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाका ३२ टिम सहभागी छन् । प्रतियोगिताको उद्घाटन नेपाल तरुण दलका जिल्ला सभापति सिजन गुरुङले गरे । प्रतियोगितामा झापा, मोरङ, सुनसरीका विभिन्न क्षेत्रका टिमहरू सहभागी रहेको केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकारी दिए ।

आज (शुक्रबार)सम्म चल्ने प्रतियोगितामा विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र म्यान अफ दी म्याच खेलाडीले पनि पुरस्कार पाउनेछन् । 

उद्घाटनको क्रममा सभापति गुरुङले ५० हजार सहयोग गरे । त्यस्तै रिकभरिङ नेपाल काठमाडौं, एनएपिएन काठमाडौं, सोभर रिकोभरी काठमाडौं, रिचमण्ड फेलोसिप विराटनगर, कुमार एण्ड सन्स, प्रार्थना फाउण्डेसन समूह धरान, गुरुकुल प्रतिष्ठान धरान–१३ ले पनि सहयोग गरेका छन् ।

प्रतियोगिताबाट सङ्कलित रकममध्येबाट केन्द्रमा उपचाररत अतिविपन्न पाँचजना बिरामीलाई पनि निःशुल्क उपचार गर्ने तयारी गरिएको छ । २०६५ सालदेखि केन्द्रले लागूऔषध दुव्र्यसनमा फसेका व्यक्तिहरूको उपचार गर्दै आएको छ ।