ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उदयपुरका एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का १८ वर्षीय पुरूष रहेका छन् । ११ गते काेराेना संक्रमण पुष्टि भइ प्रतिष्ठानकाे काेभिड अस्पतालमा उपचाररत उनकाे आज बिहान ७ बजेर ३० मिनेटमा मृत्यु भएकाे प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जनाएका छन् । 

सह–प्रवक्ता  पोखरेलका अनुसार मृतक युवामा कुनै दिर्घराेग भएकाे खुलेकाे छैन ।शवकाे नियमअनुसार व्यावस्थापनकाे कार्य भइरहेकाे  पोखरेलले बताएका छन् ।