ब्लाष्टखबर ।  उदयपुरमा ६ बर्षीय बालिका बलात्कारकाे प्रयास गर्ने ५९ वर्षीय पुरूष पक्राउ परेका छन् ।

  उदयपुरको बेलका नगरपालिका–३ मा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने स्थानीय ५९ वर्षीय  पुरूष पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जनाएका छन् ।

गैतमका अनुसर छिमेकी बालिकालाई   फकाएर बलात्कार प्रयास गरेको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

बलात्कारकाे प्रयास भएकाे भन्ने जानकारी पाएसंगै आरेपी पुरूषलाई पक्राउ गरीएकाे  हाे । पक्राउ परेका उनिमाथी जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी गौतमले बताएका छन्  ।