विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ४१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेनबाट ३९९, इलाम अस्पताबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार ७१० पुगेको छ ।

प्रदेश १ मा आज ४० जना संक्रमित थपिएका छन् । झापामा १२, मोरंगमा १०, सुनसरीमा ९, इलाममा ३, संखुवासभामा २, भोजपुर र सोलुखुम्वुमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमक र विर्तामोडमा ३–३, गौरादहमा २, कनकाई, बा¥हदशी, मेचीनगर र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ७, कानेपोखरी, उर्लाबारी र बेलबारीमा १–१, सुनसरीको धरानमा ९, इलामको इलाम नगरपालिका, माई र चुलाचुलीमा १–१, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुरमा १, सोलुखुम्वुको माप्यदुधकोशीमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ६१४ पुगेको छ ।

प्रदेश १ मा आज ३१० जनाको पीसीआर परीक्षण परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ७२४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।