ब्लाष्टखबर । धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा विराटनगरका एक काेराेना संकेमितकाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा विराटनगर महानगरपालिका १२ का ६३ वर्षीय पुरूष रहेकाे प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले बताएका छन् । उनका अनुसार बिहिबार काेराेना संक्रमण पुष्टि भइ साेहि दिन प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएका उनकाे अाज बिहान ८ बजेर १० मिनेटमा मृत्यु भएकाे हाे ।