काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ९ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  याेसंगै नेपालका हालसम्म २ लाख ५० हजार १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ९ सय ९६ जना कोरोना संक्रमित सङ्क्रमण मुक्त भएको छन् । हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५६९ पुगेको छ ।

 हाल मुलुकभर ९ हजार ८८१ जना सक्रिय सङ्क्रमित रहेकाे  मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा नेपालमा  १४ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ७३० पुगेको छ ।