–लोकराज निरौला

       कोभिड–१९ कोरोना भाइरस संक्रमणको कारण अहिले शिक्षण संस्था बन्दा–बन्दी भएको ८ महिना व्यतित भईसकेको छ । यो अवधीमा २०७७ भदौ १९ मा नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरुको शैक्षिक सत्र खेर जान नदिन बैकल्पिक विद्यार्थी शिक्षण सिकाई निर्देशिका जारी ग¥यो र अहिले विद्यालय खोल्न सकिने वा नसकिने अवस्था हेरेर आ–आÏनो गाउ“पालिका र नगर पालिकामा विद्यालयको विद्यार्थी सङ्ख्या भौतिक पूर्वाधार हेरेर विद्यालयको पठन–पाठन सञ्चालन गर्ने अधिकार गाउ“पालिका, नगरपालिका र सम्बन्धित विद्यालयलाई दिइएको छ ।

यो बन्दा–बन्दीको समयमा पनि विद्यालहरुले विद्यार्थीको नाम लेख्ने, पाठ्यपुस्तक शैक्षिक सामाग्री वितरण गर्ने, कसैले अनलाइन कक्षा सञ्चालन गर्ने, कसैले समूह शिक्ष्ँण सिकाई गर्ने, कसैले घुम्ती शिक्ष्ँण सिकाई गर्ने, विद्यालयको भौतिक पूर्वाधार निर्माण मर्मत सुधार गर्ने, कुनै न कुनै काम गरिरहेका छन । यस विचमा सरकारी सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब पाए पनि निजि विद्यालयमा काम गर्ने शिक्ष्ँक कर्मचारीले तलब पाउन सकेका छैनन । निजि शिक्षण संस्था सञ्चालन गर्ने सञ्चालकहरु स“ग यो कुरा बुझ्दा हाम्रो विद्यालयमा विद्यार्थी भर्ना भएको छैन मासिक शुल्क उठेको छैन, हामीले कसरी शिक्ष्ँक कर्मचारीलाई तलब खुवाउने भन्ने प्रतिक्रिया सुन्न र बुझ्न पाइन्छ ।

सत्य कुरा गर्नु पर्दा निजि विद्यालयहरु विद्यार्थीले तिरेको शुल्कबाटै चल्ने हुन अभिभावकहरुलाई पनि थाहा छ कि निजि विद्यालयमा शुल्क लाग्छ । शुल्क तिर्नु पर्छ भनेर उहा“हरु नै कहा महंगो विद्यालय छ । त्यहा“ आÏना छोरा छोरीलार्इ लाइन लागेर नाम लेखाउन पनि जानु हुन्छ । कोभिड–१९ कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न सरकारी सामुदायिक तथा निजि विद्यालयहरु बन्द भएर पछि शिक्ष्ँण सिकाई प्रक्रियामा जोड्ने क्रममा निजि विद्यालयहरुले भर्ना शुल्क र एक महिनाको मासिक शुल्क तिर्न अभिभावकहरुलाई अनुरोध गरे यो उनीहरुको बाध्यता थियो । अभिभावकहरुले पनि आफुले विश्वास गरेर छोरा–छोरी पठाएको विद्यालयमा कक्षा सञ्चालन नभएको समयको दुई–चार महिनाको शुल्क समय परिस्थिलाई बुझेर शुल्क बुझाउदा आÏनो दायित्व पुरा हुने थियो ।

यसरी शुल्क बुझाउन अनुरोध गर्दा अहिले आÏना छोरा–छोरी निजि विद्यालयमा पढाउने अभिभावकहरुले के भन्न थाले भने केहि ५, ६ महिना शैक्ष्ँिक सत्रबाट मात्र पढाउने भने फेरी जा“च चाहि दिन पाउनु पर्छ । भने अब विद्यालयको शैक्षिक निति कार्यक्रम स“ग नजोडिए पछि विद्यालयले विद्यार्थीको जा“च कसरी लिने र नतिजा दिने ? त्यसपछि केहि अभिभावकहरु निजि विद्यालयको शुल्क छुट र मिनाहको नाममा आन्दोलन गर्दै नगरपालिका, गाउ“पालिकामा धर्ना बस्न घेरा गर्न ज्ञापनपत्र बुझाउन पुगेको अवस्था छ । कतिपय दलित समुदायका अभिभावकहरु प्रत्येक शैक्ष्ँिक सत्रमा आÏना बाल–बालिकाहरु बोर्डिङ्गमा निशुल्क पढाउन सिफारिस भनसुन गरी दिनु प¥यो नत्र हामी आन्दोलन गर्छौ भनेर पनि आउने गर्नु भएको छ । अब निजि विद्यालयले निःशुल्क पढाएर कसरी विद्यालय सञ्चालन गर्न शिक्ष्ँक कर्मचारी पाल्न सक्छ ? निजि विद्यालयमा अभिभावकहरुको यो रवैयालँई केहि विद्यार्थी संगठनहरुले शुल्क छुट गर्न साथ दिई रहेको आन्दोलन गर्ने चेतावनी दिई रहेको पनि पाइन्छ ।

ठूला र महंगो शुल्क लाग्ने निजि विद्यालयमा आÏना छोरा छोरी पढाउने अभिभावकहरु विद्यालयमा गएर शुल्कको बारेमा चुइक्क बोल्दैनन बरु स्कुलले कहिले पैसा माग्छ र बुझाउनु भनेर त्यसको प्रतिक्ष्ाँमा बसेको पाइन्छ । साना सस्ता निजि विद्यालयमा पढाउने अभिभावकहरु शुल्क छुट र मिनाहाको कुरा गर्ने गर्दछन । उहा“हरुलाई शुल्क नलाग्ने सरकारी सामुदायिक विद्यालयमा आÏना छोरा–छोरी पढाउनु होस् भन्दा उहा“हरुलाई हुने खाने सम्भ्रान्त वर्गको देखासिकी गर्नु परेको छ । सरकारले सञ्चालन गरेको सरकारी विद्यालयमा पढाउदा उहा“हरुको इज्जत जँन्छ । लाज लाग्छ । उहा“हरु पैसालाई इज्जत ठान्नु हुन्छ ।

उहा“हरुलाई यति पनि थाहा छैन कि हिजो हामी कसरी पढ्यौ र यति बुझने भर्यो । हिजो हाम्रा छोरा–छोरीले कहा“ पढेर आजको अवस्थामा आए? आज निजि विद्यालय सञ्चालन गर्नेहरु कहा“ र कस्तो विद्यालय पढेर आएका हुन?आÏनो विगतको विरासत पुरै बिर्सिने निजि विद्यालयहरुले पनि त्यही क, ख त्यही अ, आत्यही ए, बि, सि, डी त्यही १, २ त्यही १–२ त्यही टु वान्जा टु पढाउ छन सरकारी सामुदायिक विद्यालयले पनि त्यहि पढाउछन अझ निजि विद्यालयमा पढ्ने विद्यार्थीले साठी भनेको कति हो भन्छन् अंग्रेजीमा सिक्सटी हो भनीदिनु प¥यो तर सरकारी सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुले साठी पनि बुझ्छन र अंग्रेजीमा सिक्सटी पनि बुझछन् तर अभिभावक सरकारी सामुदायिक विद्यालयलाई पत्याउदैनन् । उनीहरुले खतम विद्यालय भन्छन ।

अभिभावक र विद्यार्थी संगठनहरु भ्रममा छन । उनीहरु अंग्रेजी भाषाको मोह र पैसा लाग्ने स्कुलमा आÏना छोरा–छोरी पढाउदा आÏनो ठूलो इज्जत भएको ठान्छन अधिकांस अभिभावकहरुले ५ कक्ष्ाँ ७ कक्षा र ८ कक्ष्ाँबाट अंगे्रजी स्कुलबाट आÏना छोरा–छोरी निकालेर सरकारी सामुदायिक विद्यालयमा लैजान्छन । अंग्रेजी बालबालिकाको उमेर कक्ष्ाँको स्तर अनुसार सिक्ने पढाउने हो यो कुनै राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको कुटनैतिक सरकारी स्तरको भाषा सिकाई पनि होइन अब कक्ष्ाँ ८ सम्म अंग्रजी पढेको विद्यार्थीले के काम गर्छ होला अभिभावकले सोच्ने र बुझने कुरा हो ।

अब केहि विद्यार्थी संगठन र अभिभावकहरु निजि विद्यालयको शुल्क छुट र मिनाहाको आन्दोलनको नाटक गरी रहेका छन यो उहा“हरु शुल्क आन्दोलन होइन मुर्ख आन्दोलन गरी रहेका छन । जुन विद्यार्थी संगठनले शैक्ष्ँिक सुधार र शुल्क छुटको आन्दोलन गर्छ त्यो विद्यार्थी संगठनको नाम नै निजि विद्यालय पढाउने अभिभावकहरुले चिन्दैनन् र सुन्न पनि चाहदैनन् । जो अभिभावकहरु शुल्क छुट र मिनाहाको माग गरेर आन्दोलन गरी रहेकाछन् ती ठूला र महंगो विद्यालयमा छोरा–छोरी पढाउने अभिभावक नै होइनन् तिनीहरु त अर्काको देखासिकी गर्ने सस्तो निजि विद्यालय पढाउने कसैले भड्काउदा भड्किने अभिभावकहरु मात्र हुन ।

अन्त्यमा अभिभावकहरुलाई के अनुरोध छ भने तपाईहरु सक्नु हुन्छ सस्तो महंगो जुन सुकै निजी विद्यालय पढाउनु होस त्यो तपाइको स्वतन्त्रताको कुरा हो । सक्नु हुन्न शुल्क नलाग्ने सरकारी सामुदायिक विद्यालयमा पढाउनुहोस । शुल्क लाग्ने निजि विद्यालयमा आÏना छोरा छोरी पढाएर शुल्क छुटको मूर्ख आन्दोलनमा नलाग्नु होस् । तपाईका छोरा छोरीलाई हामी निःशुल्क पढाई दिन्छौ भनेर निजि विद्यालयहरुले तानेर लगेका होइनन् तपाई आफैले लिएर जानु भएको हो । निजि विद्यालयका शिक्ष्ँक कर्मचारीहरु पनि निश्चित योग्यता क्षमताको आधारमा शिक्ष्ँक कर्मचारी भएका हुन तपाईहरु खेतमा सम्झिएर काम मात्र लिने गारो खाचो पर्दा आÏना छोराछोरी पढेको विद्यालयमा दुई चार महिनाको शुल्क नतिर्ने यो कहा सम्मको स्वार्थी र अहंकारी कुरा हो ? निजि विद्यालयका अभिभावकहरुले तपाईका छोराछोरी यसै शैक्षिक सत्रमा कक्षोउन्नती गराउन चाहानु हुन्छ भने विद्यालयको शिक्षण सिकाई प्रक्रियामा विद्यालय सँग समन्वय गरेर तुरुन्त जोडिनु होस । हैन यो सालको पढाई छुट्यो भन्ने लाग्छ भने चुप लागेर बस्नु होस अर्को साल देखि पढाउनुहोस । नगरपालिकामा शुल्क मिनाहा र छुटको आन्दोलन नगर्नु होस त्यसको सिधा जवाफ हुनेछ तपाई शुल्क नलाग्ने सरकारी सामुदायिक विद्यालयमा लाज नमानी आÏना छोराछोरी पढाउनु होस् ।
(निरौला, सामुदायिक विद्यालयका शिक्षक हुन् )