ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा थप १ हजार १४ जना काेराेना संक्रमित थपिएका छन् । याेसंगै नेपालमा कुल संक्रमितकाे संख्या २ लाख ४१ हजार ९९५ जना पुगेका छन् । 

२४ घण्टामा नेपालमा १ हजार ६२८ जना काेराेना संक्रमित संक्रमण मुक्त भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार नेपालमा काेराेना मुक्त हुनेकाे संख्या २ लाख २७ हजार ४३३ जना पुगेका छन् ।

कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 १२ हजार ९४८ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।