ब्लाष्टखबर । बुधबार धरानमा थप १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै धरानमा काेराेना संक्रमितकाे कुल संख्या ३ हजार ४५८ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । 

आज संक्रमित भएकाहरू मंगलबार धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा स्वाव संकलन गराउन र धरान बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हेल्प डेस्कमा स्वाब संकलन गराउनेहरू रहेकाे मेहताले बताएका छन् ।