ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ प्रतिष्ठानमा झापाका थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा दमक नगरपालिका ३ का ८२ वर्षीय बृद्धा रहेकी छिन् । संक्रमित बृद्धाकाे आज बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएकाे प्रतिष्ठानकाे सुचना केन्द्रले जनाएकाे छ । प्रतिष्ठानका अनुसार मंसिर ७ गते काेराेना संक्रमण पुष्टि भएकी बृद्धालाई ७ गते नै प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे ।

मृतक मृगाैलाकी दीर्घराेगी रहेकाे प्रतिष्ठानले जनाएकाे छ ।