धरान । लोकतन्त्र, गणतन्त्र आएपछि देश झन्झन् खोक्रो बनेकाले राजतन्त्र पुनस्र्थापना हुनुपर्ने माग गर्दै पोखरामा विशाल ¥याली प्रदर्शन गरिएको छ ।

शिव सेना नेपालको आयोजनामा बुधबार दिउँसो भएको प्रदर्शनमा देशका विभिन्न भागबाट राजतन्त्रवादीहरु सहभागी छन् । प्रदर्शनमा सहभागी स्वतन्त्र नागरिक राष्ट्रवादी नागरिक समाजका संयोजक दीपेन्द्र कार्कीका अनुसार देशभरबाट करिब ८ हजार मोटरसाईलक र गाडी सहित ¥यालीमा करिब १५ हजार जना सहभागी छन् । ¥यालीको नेतृत्व शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा)ले गरेका छन् ।

देशको बिग्रिंदो परिश्थिति, जातीय र धर्मका नाममा बढेको विखन्डनका विरुद्ध प्रदर्शन गरिएको स्वतन्त्र नागरिक राष्ट्रवादी नागरिक समाजका संयोजक दीपेन्द्र कार्कीले बताए । उनले भने, ‘देशको सिमा मिचिएको छ, देशवासी पीडैपीडामा छन् तर नेताहरु आफ्नै मात्र फाईदामा कुदेका छन् । उनीहरुमा देशको माया देखिएन ।’

¥याली २०४७ सालको संविधान पुनस्र्थापना गरिनु पर्ने, नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्ने लगायतका माग राख्दै पोखरा बजार परिक्रमा गरिएको छ । बुधबारै जनकपुरमा पनि यहि माग सहित राजतन्त्रवादीहरुले प्रदर्शन गरेका थिए । यसअघि बुटवल, विराटनगर लगायतका देशका विभिन्न भागमा प्रदर्शन गरिएको थियो ।