ब्लाष्टखबर । बिपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका काेराेना संक्रमित एक पुरूषकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा राजविराज ४ का ५० वर्षीय पुरूष रहेकाे प्रतिष्ठानकाे सुचना केन्द्रले जानकारी दिएकाे छ । 

प्रतिष्ठानका अनुसार मंसिर १ गते काेराेना संक्रमण पुष्टि भइ साेहि दिन प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भइ उपचाररत उनकाे हिजाे १२ बजेर १५ मिनेटमा मृत्यु भएकाे हाे । मृतककाे नियम अनुसार शव व्यावस्थापनकाे कार्या भइरहेकाे प्रतिष्ठानले जनाएकाे छ