श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल मङ्सिर ७ गते आइतबार, २२ नोभेम्बर २०२० । कात्तिक शुक्लपक्षको अष्टमी तिथि २३ः०७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र धनिष्ठा ११ः२२ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः३० र सूर्यास्त ५ः०९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
प्रियजनको सहयोगमा नया“ कामको आरम्भ होला । व्यापार–व्यवसाय राम्ररी फस्टाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय राम्रो छ । रमाइलो भेटघाटका बीचमा समय बित्नेछ । पढाइ, लेखाइ सन्तोषजनक रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तम खालको छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । साथीभाइसित भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा जिभिन्न अवसरहरू प्राप्त हुनेछन् । खानपान तथा नयाँ पहिरन प्राप्त हुनेछ । आयआर्जनको स्रोत फेला पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरायसी काममा रुचि बढ्नेछ । पठन–पाठन सफल हुनेछ । नयाँ कामको शुभारम्भ होला । वैदेशिक यात्राको अवसर प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तम खालको छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । नयाँ कामको शुभारम्भ होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन–पाठनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक कारोबारमा सजग रहनुहोला । आफन्तहरूबाट धोका हुन सक्छ । साझेदारी काम नगर्दा नै उत्तम हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साहित्य र कलाप्रति रुचि बढ्नेछ । सभा सम्मेलनमा भाग लिने अवसर प्राप्त होला । गुमेको धन पाउने प्रबल सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक रोजगारीका बाटाहरू खुल्नेछन् । कार्य व्यस्तता दिनभर रहला । साथीभाइ तथा आफन्तको उचित सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तम खालको छ । राजनीतिक क्षेत्रमा तपाईको विशेष स्थान रहला । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय मध्यम् खालको छ । माता–पिताको आशिर्वाद प्राप्त भइरहला । नयाँ कामको शुभारम्भ हुनेछ । औजारको प्रयोगमा सावधानी अपनाउनुहोला ।