धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा देशभर १६७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भने कोरोना संक्रमण निको हुनेको संख्या २३२३ छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितहरूको संख्या २४००९ जना रहेको छ ।

हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या २१८६३९ जना पुगेको छ भने कोरोना संक्रमण भएर पनि निको हुनेको संख्या १९३३२५ जना पुगेको मन्त्रालयको तथ्याङ्क छ ।