ब्लाष्टखबर । उदाउँदाे सूर्यलाई अर्घ दिएपछि तराईमधेसमा मनाइने महान चाड छठ पर्वको समापन गरिएकाे छ । चतुर्थीबाट शुरू भएक छठ पर्व षष्ठीका दिन बेलुकी अस्ताउँदाे र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरेपछि आस्थाको महापर्व छठ समापन भएकाे हाे ।

महिलाको अगुवाइमा समाज र परिवारको हितकाे सङ्कल्प गरि मनाइने छठ पर्वमा अस्ताउँदाे र उदाउँदाे सूर्यलाई अभिनन्दन गर्नुले जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा अर्थ दिने बताइन्छ । सूर्यलाई दिइने अर्घमा  विभिन्न प्रकारका फलफुल मिठाइहरू समावेस गरिन्छ । जुन कलस सहितकाे घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । 

अर्घका रूपमा प्रयाेग गरिने मिठाइ तथा फलफुलकाे ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु प्रतिकका रूपमा मान्ने गरिन्छ ।

नदि तथा जलासयमा घाट बनाएर मनाइ याे पर्व यसपट भने काेराेना महामारीकाे जाेखिमलाइ मध्यनजर गर्दै अधिकांश ब्रतालुहरुले घरमा कृतिम जलासय निर्माण गरि उदाउँदो तथा अस्ताउँदाे सूर्यलाई अर्घ दिएका छन्। तथापि केहि स्थानमा भने सामाजिक दुरीकायम गरी खाेला तथा नहरमा घाट बनाएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।