भद्रपुर । कोरोना भाइरसलाई चुनौति दिदै ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण नदी तथा तलाउमा गएर सामूहिक रुपमा छठ पर्व नमानाउन नेपाल सरकारले उर्दी जारी गरेपनि स्थानीय ब्रतालुहरुले नदीमा गएर पर्व मनाएका हुन् ।

विगतका वर्षहरुमा झापाको भद्रपुर स्थित नेपाल– भारतको सीमामा रहेको मेची नदीमा गएर पर्व मनाउँदै आइरहेका थिए भने यो वर्ष स्थानीयले आफ्नो वडामा पर्ने नदी तथा तलाउमा गएर अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिएका छन् ।

14 1

भद्रपुरको मेची, भद्रपुर र हल्दीबारीको सीमानामा रहेको देउनिया खोलामा सामाजिक दुरी केही मात्रामा पूरा गरेर पुजा स्थल निर्माण गरेका थिए ।

स्थानीय सरकारले वडा–वडा छुट्टै भएर पर्व मनाउन सकिने जानकारी दिएपछि खोलामा नै आएर पर्व मनाएको पुजा स्थलमा भेटिएका दिलीप रायले बताए । विगतका वर्षहरुमा मेची नदीमा जादै गरेकोले यो वर्ष १० नम्बर वडाले छुएको देउनिया खोलामा आएको उनले जनाए ।

मेचीमा जादा भारत तर्फका नागरिक पनि आउने भएकोले त्यहा नगएको उनले बताए । सरकारले लागू गरेपनि स्थानीयले नदीमा नै आएर पर्व मनाएको वडा नम्बर १० का सदस्य तुलसी पोखरेलले बताए ।

13 1

विगतका वर्षहरुमा जस्तो समिति वनाएर हुलहुज्जत नदेखिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण प्रसाद कोइरालाले बताए । आस्थाको विषय भएकोले कतीपय ठाउँमा व्यवहारिकता पनि हेर्नु पर्ने उनको भनाइ थियो ।