ब्लाष्टखबर । संखुवासभाको खाँदबारी नगरपालिकाका नगरप्रमुख मुरारीप्रसाद खतिवडाकाे स्वास्थमा समस्या देखिएपछि उपचारकालागी काठमाडाैं लगिएकाे छ । करिब १ साता देखी स्वास्थमा समस्या रहदै अाएकाे भएपनि शुक्रबार  स्वास्थ्यमा खराबी आएपछि भएकाेले हेलिकप्टर चार्टर्ड गरेर काठमाडौ लगिएको उप–प्रमुख डिगेश्वरी श्रेष्ठले बताएकी छिन् । 

' सात अाठ दिन देखी साझमा टाउकाे दुख्ने गरेकाले यहाँ पनि उपचार गराइ रहनु भएकाे थियाे  बिहान अलि बढि समस्या भउकाे बताएपछि  हेलिकप्टर चार्टर्ड गरेर काठमाडौ पठाएकाे हाे । ' उनले भनिन् । उनका अनुसार मेयकाे चाबहिल स्थित एक अस्पतालमा उपचार  हुदै गरेकाे बताएकी छिन् । 

उक्त हेलिकप्टरमा खतिवडाका स्वकीय सचिव सन्तोष चापागाईँका भाइ सन्देश चापागाईँ पनि उपचारकालागी काठमाडाैं गएकाे उप–प्रमुख श्रेष्ठले बताएकी छिन् ।