श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल मङ्सिर ५ गते शुक्रबार, २० नोभेम्बर २०२० । कात्तिक शुक्लपक्षको षष्ठी तिथि २१ः४७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र उत्तरषाढा ०९ः३७ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः२८ र सूर्यास्त ५ः०९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
अनुत्पादक क्षेत्रमा लगानी हुनेछ । स्वास्थ्यमा समस्या देखिन्छ । व्यापार–व्यवसाय घाटामा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा नाफा हुनेछ । समाजमा सम्मानित हुनुहोला । अरूले तपाईंको प्रशंसा गर्नेछन् । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोलीको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट सहयोग मिल्नेछ । धन, मान र सम्मान प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो दूरीको यात्रा फलदायी रहनेछ । पुरानो व्यवहार मिल्नेछ । डुब्न लागेको लगानी हात लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग झै–झगडा हुनेछ । प्रतिस्पर्धामा पछि परिएला । अपजस र आरोपको सामना गर्नुपर्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सन्तान वा अनुयायीहरूबाट ठूलो सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सुधार आउनेछ । मन प्रसन्न रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा समस्या रहनेछ । मुद्दा–मामिलामा पराजय भोग्नुपर्ला । आफन्तबाट असहयोग हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम र मित्रता बलियो बन्नेछ । नया“ स्थानको यात्रा रमाइलो रहनेछ । व्यापार–व्यवसायमा प्रशस्त नाफा मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मुद्दा–मामिलामा पछि पर्नु पर्ला । आफन्तस“ग विवाद हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । अरूले तपाईंको कुरा काट्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धर्म–कर्ममा मन लाग्नेछ । यात्रा रमाइलो रहनेछ । आयस्रोतमा कमि देखि“दैन । समाजसेवामा लाग्नु हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पैतृक सम्पत्तिमाथिको विवाद टुङ्गो लाग्नेछ । भौतिक सामग्रीको जोहो हुनेछ । आयस्रोत वृद्धि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अधुरा कामहरू बन्नेछन् । सुखद् समाचार सुन्न मिल्नेछ । मनमा अशान्ति छाउनेछ । आर्थिक वृद्धि हुनेछ ।