ब्लाष्टखबर ।  नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, २ हजार ८५८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि भएका मध्ये ८६४  जना महिला र १ हजार २३९ जना पुरूष रहेका छन् । 

थपिएका संक्रमितकाे संख्यासंगै  संक्रमितकाे कुल संख्या २ लाख १५ हजार २० पुगेकाे छ । भने, संक्रमण मुक्त हुनेकाे संख्या १ लाख ८५ हजार ६३८ रहकाे छ । 

कुल संक्रमितमध्ये हाल  २८ हजार १०६ जना सक्रिय  संक्रमितको रहेको मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे २४ घण्टामा  १७ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै मृत्यु हुनेकाे कुल संख्या १२ सय ५९ पुगेको मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार आज ९ हजार ८०५ वटा नमुना परिक्षण गरिएकाे थियाे ।