विराटनगरमा ६८ धरानमा २३ सहित प्रदेश १ मा२१८ संक्रमित थपिए, ५६० जना डिस्चार्ज

alt
  • मंसिर ४, २०७७
  • ब्लाष्ट खबर

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५४०, मेची अस्पतालबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ७८७ पुगेको छ ।
प्रदेश १ मा २१८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ६८, कानेपोखरीमा ४, उर्लाबारीमा २, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, सुन्दरहरैचा, रतुवामाई, बुढीगंगा, मिक्लाजुङ र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २३, इटहरीमा २१, रामधुनीमा ३, इनरुवा, दुहवी, भोक्राहानरसिंहमा २–२ र बराहक्षेत्रमा १, झापाको दमकमा ११, विर्तामोडमा ७, मेचीनगर र झापा गाउँपालिकमा ५–५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, हल्दिबारीमा ३, कनकाईमा २, गौरादह, शिवसताक्षी र अर्जुनधारामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता पाँचथरको फिदिममा ११, संखुवासभाको खाँदबारीमा ४, इलामको इलाम नगरपालिकामा २ र माईजोगमाईमा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ७३४ पुगेको छ ।
प्रदेश १ मा आज ८३३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९९ महिला र ११९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८१ हजार ३६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

रंगेलीमा स्थानियले न ...

ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिकामा स् ...

बिरामी बोकेको पिकअप ...

ब्लाष्टखबर । प्युठानबाट बिरामी बोकेर काठमाडौँ ल्याउँदै ...

भारतीय विदेश सचिव श ...

ब्लाष्टखबर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई ...

बिहिबार सुनचाँदीको म ...

ब्लाष्टखबर । नेपालमा बिहिबार सुनचादिकाे मुल्य स्थितर बन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved