बिर्तामोड । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) जोगाउन र फुटाउन नेता तथा कार्यकर्ताले मात्र सक्ने बताएका छन् ।
मन्त्री भट्टराईले नेकपा चिनले जोगाउन नसक्ने र भारतले पनि फुटाउन नसक्ने बताउँदै नेकपालाई जोगाउने र फुटाउने सबै नेता कार्यकर्ता नै भएको बताएका छन् ।
बिर्तामोडमा बुधबार प्रेस संगठन नेपाल झापाको सपथ ग्रहण समारोहमा बोल्दै उनले भने ‘केन्द्रमा आगो बलिरहेको छ, तपाईंको हातमा पेट्रोल र पानी छ, पानी खन्याउने कि पेट्रोल ?’ उनले पेट्रोलले उत्तेजना ल्याउने, शक्ति उत्पादन गर्ने तथा पानीले शक्ति उत्पादन तथा नयाँ जिवन दिने भएकाले केन्द्रको आगो नियन्त्रणका लागि पानी बोक्न कार्यकर्तालाई सुझाव दिए ।
उनले नेपालका ठुला मिडिया पुँजीवादी पक्षधर भएको बताउँदै भने ‘ ती पुँजीवादी नै प्रेस स्वतन्त्र हुनु पर्छ भन्छन् ।’ कतिपय विकसित देशमा बिग हाउसले चुनावको नतिजा प्रभावित गराउन सकेको बताए । उनले विग मिडियाको गलत प्रचार बिरुद्ध संगठित भएर क्रस गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
































