धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक १० दिन पछि सारिएको छ।
यसअघि मङ्सीर १५मा गर्ने भनिएको केन्द्रीय कमिटीको बैठक बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले मङ्सीर २५ गतेलाई सार्ने निर्णय गरेको हो ।
सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकअघि मङ्सीर १८ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय समेत गरेको छ ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षको लामो समयदेखिको विवादपछि बुधबार सचिवालयको बैठक बसेको थियो।
सचिवालयको अर्को बैठक मङ्सीर १३ गते बस्ने भएको छ । सो बैठकमा अध्यक्ष ओलीले पनि आफ्नो तर्फबाट राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी गराएका छन्। यसअघि कात्तिक २७ गते बसेको सचिवालय बैठकमा दाहालले एक्लै राजनीतिक प्रस्ताव पेश गरेका थिए।
१३ मंसिरको बैठकमा दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गरी पार्टीभित्र देखिएको विवाद समाधानको प्रयत्न गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।