ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ प्रतिष्ठानमा रहेकाे काेभिड अस्पतालमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मिक्लाजुङका ७५ वर्षीय बृद्ध महिला रहेकाे प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन् ।

 

उनका अनुसार कार्तिक २८ गते काेराेना संक्रमण पुष्टि भएसंगै साेहि दिन प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे हिजाे साझ ७:२० मा मृत्यु भएकाे डा. श्रेष्ठले जनाएका छन् ।