ब्लाष्टखबर । केहि नेवार समुदायले आज  भाइटीक लगाउँदै छन् । आज  बिहान पनि सम्म द्वितीया तिथि रहेकाले नेपाल सम्वतको नयाँ वर्ष ११४१ मनाएर म्हः पूजा गर्नेले आज भाइटीका लगाउँने भएका हुन् । 

आइतबार म्हः पूजा गरेका नेवार समुदायले हिजो नै भाइटीक लगाएका थिए ।  किजा पूजाका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

भाइटीकालाई लक्षित गरी काठमाडाैकाे रानीपोखरीमा रहेकाे बालगोपालेश्वर मन्दिर आज पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ । भाइटीकाको दिनमा मात्र खाेलीने बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरुले पूजा गरी टीका लगाउने गर्दछन्  ।