ब्लाष्टखबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रधानमन्त्री केपी शर्मा ओली  बैठक बोलाउने सहमत भएपछि अपरान्ह ४ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने गरि बोलाइएको छ । 

पार्टीभित्र विवाद चर्किंदै गएपछि प्रचण्डले ओलीसँग सचिवालयको बैठक बोलाउन माग गगर्दै आएका थिए । मंगलबार अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यको अनौपचारिक बैठक बसेका थिए । उक्त बैठकले अर्का अध्यक्ष ओलीलाई सहमतिमै बैठक राख्ने सन्देश सहित बिहिबारसम्म समय दिएकाे थियाे ।

पार्टी भित्र अल्पमतमा परेका ओलीले भने एजेन्डामा सहमतिपछि मात्र बैठक बस्ने अडान लिदै आएका थिए ।भने,  प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका पाँच सचिवालय सदस्यले मंसिर २२ मा सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीलाई लिखित माग बुझाएका थिए ।